आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक “जो बाइडनले जितेको स्वीकार गरेको” देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन्


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १, २०७७
  • 318
    SHARES

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक “जो बाइडनले जितेको स्वीकार गरेको” देखिए पनि राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने बताएका छन्।

“निर्वाचनमा धाँधलीले भएकोले उनले जिते,” रिपब्लिकन पार्टीका राष्ट्रपतिले ट्विटरमा लेखेका छन्।

त्यसको एक घण्टापछि उनले नोभेम्बर ३ को निर्वाचनमा आफूले हारेको स्वीकार नगर्ने भन्दै ट्वीट गरे।

उनले महत्त्वपूर्ण राज्यहरूमा निर्वाचनमा धाँधली भएको भनेर केही मुद्दा हालेको भए पनि त्यससम्बन्धी प्रमाण दिएका छैनन्। उनका सबै कानुनी चुनौतीहरू अहिलेसम्म असफल भएका छन्।

शुक्रवार निर्वाचन अधिकारीहरूले चुनाव ‘अमेरिकी इतिहासमै सबैभन्दा सुरक्षित’ रहेको र ‘कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको’ बताएका थिए।

अहिलेको निर्वाचन अवस्था

अहिलेको अवस्थामा बाइडन आगामी राष्ट्रपति-निर्वाचितको रूपमा छन्।

उनले ३०६ इलेक्टलर कलेज मत जितेका छन् जुन राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भन्दा बढी हो।

पुन: मतगणना वा कानुनी चुनौतीले यो नतिजालाई असर पार्ने आकलन गरिएको छैन।

कुल मतसङ्ख्यामा पनि बाइडनले ट्रम्पलाई ५० लाखभन्दा बढी मतले पछाडि पारेका छन्।

तर ट्रम्पले त्यो ट्वीट गर्नुअघिसम्म बाइडनको जितका बारे कतै उल्लेख गरेका थिएनन्।

शुक्रवारको एक पत्रकार सम्मेलनमा पनि ट्रम्पले ‘भविष्यमा कुन प्रशासन आउँछ भन्ने कुरा कसलाई के थाहा’ भनेका थिए।

हारको स्वीकारोक्ति?

बीबीसी सम्वाददाता विल ग्रान्टका अनुसार बाइडनका केही समर्थकहरूले राष्ट्रपतिको भनाइलाई एक प्रकारको हारको स्वीकारोक्तिका रूपमा लिएका छन्।

ट्वीटको पहिलो दुई शब्द अंग्रेजीमा ‘उनले जिते’ भन्ने छ र त्यसपछि ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप दोहोर्याएका छन्।

त्यसपछि फेरि पर्यवेक्षकहरूले प्रवेश नपाएको कारण बाइडनले जितेको लेख्दै सञ्चारमाध्यमलाई आरोप लगाएका छन्।

त्यसको केही घण्टामा उनले सच्याउँदै यस्तो लेखे: “उनले मिथ्या समाचार सञ्चारमाध्यमको आँखामा मात्रै जितेका हुन्। म हार स्वीकार गर्दिन।”

ट्रम्पले हार स्वीकार नगर्दा ज्यानुअरी २० मा हुनुपर्ने प्रशासन हस्तान्तरण प्रक्रिया अलमलमा परेको छ। वीवीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)