आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप नेपाल जस्ता मुलुकका लागि प्रभावकारी


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ३, २०७७
  • 554
    SHARES

काठमाडौँ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् ।

यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने भएकाले पनि उत्साह बढेको छ । कोभिडका लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभावकारी खोप हो ।

केही दिनअघि फाइजर कम्पनीले तयार गरेको खोप ९० प्रतिशत व्यक्तिमाथि सफल भएको दाबी गरिएको थियो । तर त्यसलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने चुनौती थियो । उक्त खोप सामान्य फ्रिजमा ५ दिनसम्म मात्र सुरक्षित रहन सक्ने फाइजरले जनाएको छ । स्वास्थ्य वैज्ञानिकहरूले फाइजरको खोपको भण्डारण र ओसारपसार सहज नहुने बताएका थिए । खासगरी विपन्न मुलुकका लागि भण्डारण चुनौतीपूर्ण हुने उनीहरूको भनाइ थियो । रुसले निर्माण गरेको ‘स्पुतनिक–५’ खोप ९२ प्रतिशत प्रभावकारी दाबी गरिएको छ ।

मोडर्नाको विज्ञप्तिअनुसार खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म सुरक्षित राख्न सकिन्छ । आउँदो साता अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) सँग मोडर्नाले खोपका लागि आपत्कालीन प्रयोगका लागि अनुमति माग्ने योजना बनाएको छ । ‘हालसम्म सार्वजनिक गरिएका जानकारीअनुसार नेपाल जस्ता मुलुकका  लागि मोडर्ना खोप सहज हुने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)