आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ३, २०७७
  • 497
    SHARES

ब्युनस आयर्स। दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त हुनु भएको छ ।

पेरुका राजनीतिज्ञ समेत रहनु भएका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त हुनु भएका मानुएल मेरिनोको सरकार विरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उहाँले गत नोभेम्बर १५ मा राजीनामा दिनु भएको थियो ।

मेरिनाको सरकार विरुद्ध भएको उक्त प्रदर्शनका क्रममा दुई जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका थिए । राष्ट्रपति पदको सपथ लिँदै सागास्तीले लोकतन्त्रको रक्षाका लागि भएका प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्नुभयो । उहाँले प्रदर्शनका क्रममा बेपत्ता भए भनिएका व्यक्तिको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्ने बचनबद्धता प्रकट गर्नुभयो ।

राष्ट्रपति सागास्तीले पछिल्लो पटक भएको जनप्रदर्शन कोभिड–१९ विरुद्धको संघर्षका साथै आगामी सन् २०२१ को अप्रिल ११ मा हुने

राष्ट्रपति निर्वाचनको तयारी पनि रहेको बताउनुभयो ।

सागास्तीको अन्तरिम सरकारले आगामी वर्ष अप्रिलमा राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)