आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोप

अमेरिकी कम्पनी फाइजरले विकास गरेको खोप आगामी महिनाबाट अमेरिकामा लगाउन शुरु गरिने

खोपको दुई डोन लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको पछिल्लो परीक्षणबाट प्रमाणित


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ८, २०७७
  • 696
    SHARES

न्यूयोर्क।  कोरोना भाइरस विरुद्ध बनेको खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले बताउनु भएको छ ।

कोरोना खोप कार्यक्रम प्रमुख डा. मोनसेफ स्लावीले खोप प्रमाणीकरण हुने वित्तिकै २४ सै घन्टा खोप कार्यक्रम संचालन गरिने बताउनु भयो ।

अमेरिकामा हालसम्म १ करोड २५ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कोरोना संक्रमणकै कारण हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिका विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो समय अमेरिकामा संक्रमणको दर अहिलेसम्मकै उच्च देखिएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र यसको साझेदार बायोएनटेकले कोभिड-१९ खोपको आकस्मिक प्रमाणीकरणका लागि गत शुक्रबार आवेदन दिएका छन् ।

खोपको दुई डोन लगाएमा ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको पछिल्लो परीक्षणबाट प्रमाणित भएको छ । फाइजरले प्रमाणिकरण भएपछि आगामी डिसेम्बर महिनाको अन्त्य सम्ममा ५ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)