शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्युजिक भिडियोमा केकी र दिनेशको प्रेम


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ९, २०७७
  • 573
    SHARES
काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘ यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा  नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्।  दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।  गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।  ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्।  यसअघि गीतकार महराले ‘मैले भन्दा’ , ‘साइनो’ , ‘उठ युवा हो’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)