आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्धारा थप ४३ चिनियाँ एप्समाथि प्रतिबन्ध


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १०, २०७७
  • 728
    SHARES

भारतले थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो ।

यी एप भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षाका लागि खतरा भएको भन्दै भारत सरकारले प्रतिबन्ध लगाएको बताईएको छ ।

प्रतिबन्ध लगाएका एपमा अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स, स्न्याक भिडियो, म्याङगो टिभी, वी टिभी लाइट, क्यासियर वालेट एप पनि समावेश रहेका छन् । हाल प्रतिबन्धमा परेका अधिकांश एप्स सपोर्टिभ एप्सको रुपमा रहेका छन् ।

यसअघि पनि भारतले २९ जूनमा पहिलो पटक ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो भने त्यसपछि अर्कोपटक थप ४७ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै गत सेप्टेम्बर महिनामा पुनः पबजी, टिकटकसमेत गरी ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)