शुक्रबार, बैशाख २१, २०८१

आयल निगम डिजिटल प्रणालीमा जाँदैछ : प्रबन्ध निर्देशक पौडेल


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १२, २०७७
  • 1.0K
    SHARES

काठमाडौँ । नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले मुलुकमा भएको प्रविधिको विकाससँगै आयल निगमलाई पनि डिजिटल प्रणालीमा लैजाने बताउनुभएको छ ।

प्रबन्ध निर्देशक पौडेलले शुक्रबार माउण्टेन खबर डटकमसँग कुरा गर्दै आयल निगमलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि डिपोलाई अटोमेसन गर्ने, एलपीजी ग्याँसको भण्डारण गृह बढाउने, डिपोलाई सुरक्षित बनाउने, प्रदेश स्तरमा इन्धन भण्डारण गृह बढाउनेलगायत कुरालाई आयल निगमले प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले सरकारले गरेको परिकल्पनाअनुसार ९० दिनको इन्धन भण्डारण गृह निर्माणका लागि आयल निगमलाई रु एक खर्ब बजेट आवश्यक रहेको उल्लेख गर्नुभयो । निगमसँग हाल १३ अर्बमात्र बजेट रहेको छ ।

“समकालिन देशभन्दा नेपालमा इन्धनको मूल्य सस्तो छ, आयल निगमले ३ प्रतिशत नाफामा काम गरेको छ तर आयल निगमले सँधै उपभोक्तालाई राहत दिन सकेन भन्ने आवाज सुनिन्छ, यो आवाजलाई निगमले चिर्नु जरुरी छ,”–उहाँले भन्नुभयो ।

कोरोनाका कारण सार्वजनिक यातायात नचल्दा आयल निगमलाई घाटा भयो होला नी ? भन्ने माउण्टेन खबरको प्रश्नमा उहाँले आयल निगम मुलुकको व्यापार घाटाको मुख्य कारण भएको बताउँदै सार्वजनिक यातायात नचल्दा देशको व्यापार घाटामा कमी आएको बताउनुभयो ।

प्रबन्ध निर्देशक पौडेलले हाल देशभर एक हजार ४०० पेट्रोल पम्प सञ्चालन भएको बताउँदै नयाँ पेट्रोल पम्पलाई आवश्यकता र औचित्य हेरेर स्वीकृत दिँदै गएको उल्लेख गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसको विकल्प आयल निगमले खोजेको बताउनुभयो ।
निगमले बबरमहल र महानगरीय प्रहरी परिसर काठमाडौँ बसेको टेकुको जग्गामा पेट्रोल पम्प सञ्चालन गर्नेगरी गुरुयोजना तयार गरेको उहाँको भनाई छ । यस्तै, इन्धन भण्डारण गृह र पेट्रोल पम्पमा हुनसक्ने आगलागीलाई ध्यानमा राखेर निगमले फोमयुक्त दमकल खरिद गरेको छ । फोमयुक्त दमकलले भण्डारण गृह वा पम्पमा आगो लागिहाल्योभने व्लाङ्केटजस्तो पदार्थले आगो छोपेर पानीको माध्यामबाट निभाउनु हो । अमलेशगञ्जसम्म डिजेल पाइप ल्याएको निगमले पेट्रोल पनि पाइपलाइनमार्फत ल्याउने तयारी गरेको छ ।

विस २०३० सालमा स्थापना भएको निगमको वार्षिक रुपमा रु दुई खर्ब ४० अर्बको कारोबार गर्दै आएको छ भने आव २०७६÷०७७ मा रु १० अर्ब ८६ करोड मुनाफा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }