शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महासङ्घको वस्तुगत सदस्यमा चलचित्र क्षेत्रका आकाश अधिकारी निर्वाचित


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १४, २०७७
  • 614
    SHARES

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको सदस्यमा आकाश अधिकारी निर्वाचित हुनुभएको छ ।

महासङ्घको शनिबार राती मतपरिणामअनुसार वस्तुगत तर्फको केन्द्रीय सदस्यमा नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष अधिकारीले ४९ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहबाट चुनाव लड्नुभएको थियो ।

वस्तुगत तर्फको सदस्यमा १४ पदका लागि २८ जनाको उम्मेद्वारी परेको थियो । अधिकारीसँगै वस्तुगत सदस्यमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाशसिंह कार्की, शकुन्तलाल हिराचन, हेमराज ढकाल, विष्णुप्रसाद गैह्रे, सन्दिपकुमार अग्रवाल, गोविन्द ढुँगेल र सुवोधकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

वस्तुगत समस्यमा प्रधान समूहबाट सात र ढकाल समूहबाट सात जना विजय हुनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)