आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रुसमा पनि आगामी सातादेखि सर्वसाधारणलाई कोरोना विरुद्दको खोप


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १८, २०७७
  • 452
    SHARES

काठमाडौं । आगामी सातादेखि सर्वसाधारणलाई कोरोना भाइरस विरुद्दको खोप लगाउने अभियान शुरू गर्न स्वास्थ्य अधिकारीहरूलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएका छन्। रुसले गत अगस्टमै उसका नियामक निकायले खोप स्वीकृत भइसकेको बताएको थियो ।

तर खोप परीक्षणमा महत्त्वपूर्ण मानिने तेस्रो चरणको सुरक्षा तथा प्रभावकारिता परीक्षण भने अहिले पनि जारी छ।

कोभिड–१९ का बिरामीहरूका निम्ति नयाँ अस्पतालहरूको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन गर्ने कार्यक्रममा पुटिनले आगामी केही दिनमा रुसको स्पुतनिक फाइभ खोपको २० लाख मात्रा प्रयोगका निम्ति तयार हुने बताए।

ब्रिटेनले खोपको आम प्रयोगको अनुमति दिएको केही घण्टामा पुटिनको उक्त भनाइ सार्वजनिक भएको अलजजिराले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)