आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना खोप

बेलायत पुग्यो पहिलो चरणको कोरोना विरुद्धको खोप

स्वास्थ्यकर्मी, अस्पताल भर्ना भएका संक्रमित र ८० वर्ष माथिका वृद्धवृद्धा पहिलो प्राथमिक्तामा


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १९, २०७७
  • 498
    SHARES

कोरोना भाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुगेको छ ।

सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ । खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायतले ४ करोड डोज खोप खरिद गरिसकेको छ ।

जुन बेलायतका दुई करोड जनसंख्याका लागि पर्याप्त हुने देखिन्छ । बेलायतका उप प्रमुख मेडिकल अधिकृतले पहिलो चरणको खोपले अस्पताल भर्ना हुने संक्रमित र मृत्यु हुने दर ९९ प्रतिशतले कमी आउने बताउनु भएको छ ।

खोपलाई जतिसक्दो छिटो वितरण गरी वृहद रुपमा खोप कार्यक्रम संचालन गर्ने बेलायत सरकारको तयारी छ ।

पहिलो चरणमा पुगेको खोप स्वास्थ्यकर्मी, अस्पताल भर्ना भएका संक्रमित, ८० वर्ष नाघेका सबै वृद्धवृद्धा र उनीहरुको स्याहर सुसार गर्नेलाई पहिलो प्राथमिकतामा परेका छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)