सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोप


  • माउन्टेन खबर
  • शनिबार, मंसिर २०, २०७७
  • 1.0K
    SHARES

बेनी।  म्याग्दीका सुन्तला बगैँचामा फैलिएको औँसा किराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले स्थलगत निरीक्षण शुरु गरेको छ । कार्यालयका कृषि प्राविधिकको टोलीलाई सुन्तलाको पकेट क्षेत्रमा परिचालन गरी औँसा किराको प्रकोपको अवस्थाबारे अध्ययन गर्न लागिएको हो । म्याग्दीका सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोपले पाक्ने समयमा बोटका पहँेला भएका सुन्तला झर्ने समस्या बढेको छ ।

जिल्लाको बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा यस वर्ष बिक्री हुने सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेपछि कृषकको बगैँचामै पुगेर रोकथामको लागि कृषकलाई सल्लाह दिने, वास्तविक अवस्थाको तथ्याङ्क लिने र अबस्था बुझ्न थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।
उहाँले पहिलो चरणमा कृषकलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरिएको र कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । झरेका फलबाट थप अन्य बोटमा समेत औँसाका किरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको छ । जमिनको सतहबाट एक फुट गहिरो खाँडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ ।
कार्यालयले स्थलगतरुपमा कृषकका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ । तत्काललाई औँसा लागेर झरेका फललाई व्यवस्थापन गर्ने र आगामी वैशाख, जेठ, असारमा वयस्क झिङ्गा व्यवस्थापनका लागि प्रोटिन बेटमा आधारित क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुन्तलाको व्यावसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकको गुनासो छ । जिल्लाको छवटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्षसमेत सुन्तलामा लागेको औँसाको प्रकोप यस वर्ष थप बढेको छ । पाक्न लागेका सुन्तला झर्न थालेपछि यस वर्ष जिल्लामा ३० देखि ४० प्रतिशतसम्म सुन्तला उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }