शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गौतम बुद्ध कप क्रिकेट: राप्ती फाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २८, २०७७
  • 903
    SHARES

चितवन। गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई पराजित गर्दै राप्ती फाइनलमा पुगेको छ ।

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मतीले १९.४ ओभरमा ११८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए ।

यस्तै अनिल शाहले २२ रन, रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३÷१३ रन बनाउँदा सुनिल धमलाले ११ रन मात्र बनाउन सफल भए । राप्तीका कमलसिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई÷दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।

राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६, शरद भेसावकर र विनोद भण्डारीले समान २१, कमल ऐरीले १६ तथा लोकेश बमले १५ रन बनाए ।

कुशल भुर्तेलले तीन, हरि चौहानले पाँच रन मात्रै बनाउन सफल भए । जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा प्रवेश गरेको छ । पराजित भएपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । यसअघि हिजो भएको खेलमा वाग्मती टिमलाई नारायणीले सुपर ओभरमा पराजित गरेको थियो । अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग भिड्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)