आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतमा खोप लगाउनेको संख्या बढ्दै


  • माउन्टेन खबर
  • बिहिबार, पुस २, २०७७
  • 564
    SHARES

कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने विश्वकै पहिलो मुलुक बेलायतमा एक हप्ताको अवधिमा एक लाख ३७ हजारभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् ।

बेलायतमा गत हप्ताको मंगलबार ९० वर्षीय एक वृद्धालाई खोप लगाएर कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको हो । बेलायतले फाइजर बायोएनटेकको खोप आपत्कालीन प्रयोगका लागि स्वीकृति दिए लगत्तै खोप कार्यक्रम शुरु गरिएको हो ।

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको खोप कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढिरहेको बताउँदै यसलाई राम्रो शुरुआतको रूपमा लिन आग्रह गर्नुभएको छ । बेलायतले चार करोड डोज खोप माग गरिसकेको छ । सो खोप बेलायतका दुई करोड मानिसलाई पुग्ने छ । खोप हरेक व्यक्तिलाई २१ दिनमा दुई पटक दिनु पर्ने खोप निर्माताहरूको सिफारिस छ ।

पहिलो चरणमा आठ लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउने बेलायतको योजना रहेको छ । बेलायतमा सबैभन्दा बढी प्राथमिकता ८० वर्ष माथिका ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीहरूलाई दिइएको छ भने अन्यलाई प्राथमिकता निर्धारण गरेर दिइने भएको छ ।।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)