शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोनाल्डोले पेनाल्टी गोल गर्न नसक्दा युभेन्टस बराबरीमा


  • माउन्टेन खबर
  • बिहिबार, पुस २, २०७७
  • 397
    SHARES

काठमाडौं । पेनाल्टी गोल गर्न नसक्दा साबिक विजेता युभेन्टस इटालियन सिरिए ए का बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस १–१ को बराबरीमा रोकिएको हो ।

युभेका तर्फबाट फेडेरिको चिएसाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए तापनि दोस्रो हाफमा रेमो फ्रेउलरले जवाफी गोल फर्काउदै खेल बराबरीमा रोके।

रोनाल्डोले युभेलाई पेनाल्टीबाट २-१ को जीत दिलाउने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न भने सकेनन् । गोलकिपर पियरलिुइजी गोलिनीले रोनाल्डोको गोललाई रोक्दै खेललाई बराबरीमा टुङ्ग्याएका हुन् ।

पछिल्ला ९ लिग उपाधि जितेको युभे १२ खेलपछि लिगमा अपराजित रहेको छ तर यसमध्ये आधामा बराबरीमा रोएिको छ । यस खेलबाट बराबरी पछि युभे लिगको तेस्रो स्थानमा सिमित बनेको छ ।

शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभे ४ अंकले पछि छ । मिलानले पनि जेनोआसँग २–२ को बराबरी खेल्दै अपराजित यात्रा कायम राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)