सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरोपेली देशहरुद्वारा बेलायत माथि यात्रा प्रतिबन्धको घोषणा


  • माउन्टेन खबर
  • सोमवार, पुस ६, २०७७
  • 371
    SHARES

एजेन्सी।   बेलायतमा कोरोना भाइरसको नयाँ प्रकारको भाइरस फेला परेको र संक्रमण नियन्त्रण बाहिर गएको समाचार आएसँगै अन्य केही युरोपेली देशहरुले बेलायत माथि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् ।

आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्याण्ड्स र बेल्जियमले बेलायत जाने हवाई उडान रोकेका छन् । हालका लागि यात्रा प्रतिबन्ध छोटो अवधिका लागि लगाइएको छ र मुलुक अनुसार नियमहरु पनि फरक फरक रहेका छन् । युरोपेली संघको आजै बस्ने बैठकले यस विषयमा थप छलफल गर्ने र आवश्यक निर्णय लिने बताइएको छ ।

बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस छिटै लण्डन र दक्षिण पूर्वी इङल्याण्डमा फैलिरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शनिबार नै प्रभावित क्षेत्रमा चार तहको प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गर्नुका साथै अन्य क्षेत्रमा क्रिसमसका लागि खुकुलो नीति अवलम्बन गरिएको बताउनु भयो । उच्च स्वास्थ्य अधिकारीहरुले नयाँ प्रकारको भाइरस थप खतरनाक भएको कुनै प्रमाण नभेटिएको बताएका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)