आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोलि बिहान ३ बजेदेखि पशुपतिका चारवटै ढोका खुल्ने


  • माउन्टेन खबर
  • आइतवार, भदौ २८, २०८३
  • 43
    SHARES

काठमाडौं- हरितालिका तीजमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्ष भदौ २९ गते (भोलि) परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाएको जानकारी दिएको छ ।

मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ ।

 

 

दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापनका लागि विशिष्ठ व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)