सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा साइबर आक्रमण


  • माउन्टेन खबर
  • सोमवार, पुस ६, २०७७
  • 763
    SHARES

एजेन्सी।     अमेरिकाका अर्थ र रक्षा मन्त्रालय सहित ५० वटाभन्दा बढी सरकारी निकायहरु ह्याकिङ भएको खुलासा/ह्याकिङमा चीनिया संलग्नता रहेको राष्ट्रपति ट्रम्पको आरोप

अमेरिकी सरकारी एजेन्सीहरूको ठूलो संख्यामा ह्याकिङ भएको पत्ता लागेको छ । ह्याकिङका कारण ५० वटाभन्दा बढी सरकारी संगठनहरुलाई असर गर्ने साइबर सुरक्षा फर्मले जनाएको हो ।

फायर आइ नामक संगठनका प्रमुख कार्यकारी अधिकृत केभिन म्यान्डियाका अनुसार नेटवर्कमा १८ हजार संस्थाहरुको मेलिसियस कोड रहेकोमा ५० मा मुख्य असर पर्नेछ ।

ह्याकरहरुले अमेरिकी अर्थ, रक्षा तथा गृह मन्त्रालयलाई पनि लक्षित गरेको बताएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुसले ह्याकिङ गरेको आरोप लगाउनु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्वीट गर्दै ह्याकिङमा रुसी नभई चीनिया संलग्नता रहेको आरोप लगाउनु भएको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)