बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भद्रपुर नगरपालिका नेपालको पाँचौँ बालमैत्री नगरपालिका घोषणा


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ७, २०७७
  • 1.4K
    SHARES

झापा,७ पुस। प्रदेश नम्बर १ को पहिलो तथा नेपालको पाँचौँ बालमैत्री नगरपालिकाको रुपमा आज भद्रपुर नगरपालिका घोषणा भएको छ । प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेरले भद्रपुर नगरपालिकालाई आज बालमैत्री नगर घोषणा गर्नुभएको हो ।

बालमैत्री नगरपालिका निर्माणको यात्रामा भद्रपुरले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेपछि प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरेको छ । मन्त्री गजमेरले बाल अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा नगरपालिका अनवरतरुपमा लाग्दै बालमैत्री संस्कार प्रदान गरी बालमैत्री नगरको औचित्यता र दिगोपनामा अमूल्य योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठले राजनीतिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा यस नगरले बालबालिकालाई नेतृत्वदायी भूमिका निर्वाह गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल झण्डै ७२ हजारको हाराहारीमा जनसङ्ख्या रहेको नगरमा २२ हजार ११२ जना बालबालिका र ५७ वटा बाल विकास केन्द्र रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }