आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरस अपडेट:

कोरोनाभाइरसको नयाँ सङ्क्रामक प्रकारलाई लिएर अन्तर्राष्ट्रिय जगत्‌मा चिन्ता


  • वीवीसी
  • बुधबार, पुस ८, २०७७
  • 544
    SHARES

यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ र थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।

अहिलेसम्म ४० वटाभन्दा बढी देशले यूकेबाट हुने आगमनमा रोक लगाएका छन्। युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ।

भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ।

कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ। तर थप घातक रहेको प्रमाण फेला परेको छैन।

यूकेको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ।

डब्ल्योएचओका आपत्‌कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो “नियन्त्रण बाहिर नरहेको” बताएका छन्।

उनको यो भनाइ ब्रिटिश स्वास्थ्यमन्त्रीको अभिव्यक्तिसँग बाझिएको छ।

युरोपमा के भइरहेको छ?

नयाँ प्रकारको भाइरस रोक्ने प्रयासमा यो महादेशको अधिकांश हिस्साले यूकेबाट हुने आगमनमाथि प्रतिबन्ध लगाइसकेको छ।

फ्रेन्च सरकारले यूकेबाट आफ्नो देश आउने यात्रु तथा कार्गोमाथि प्रतिबन्ध लगाएको छ जसका कारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन्।

स्वीडेन र डेनमार्क

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः शुरू गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको भन्दै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।

ईयूमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा ब्रसल्समा अधिकारीहरूले वार्ता गरिरहेका छन्।

बाँकी विश्वले के गर्दैछ?

भारत, इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि यूकेबाट हुने आगमनमा रोक लगाएका छन्।

संयुक्त राज्य अमेरिकाले निर्णय गर्न बाँकी छ। तर ब्रिटिश एअरवेज र डेल्टाले न्यूयोर्कको जोन एफ केनेडी विमानस्थल जानका लागि यात्रुहरूले परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने अनिवार्य गरेका छन्।

साउदी अरब, कुवैत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन्।

डेनमार्कका साथै अस्ट्रेलिया, इटली र द नेदरल्यान्ड्समा पनि कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)