आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लस एन्जलसको मन्दिरमा सत्सङ्ग तथा प्रवचन्


  • माउन्टेन खबर
  • बुधबार, पुस ८, २०७७
  • 731
    SHARES

लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हरेक हप्ता सत्सँग तथा प्रवचन् हुने गरेको छ । करीब १ बर्ष देखीको कोभिड १९ को प्रकोपले अस्तब्यस्थ बनेको मानव जीवन असामान्य तरिकाले चिन्तित बन्दै गइरहेको छ । सँसार अक्रान्त बनिरहेको अवस्थामा लस एन्जलसमा पनि असर नपर्ने कुरै भएन । त्यसैले प्राय असम्भव बन्दै गइरहेको जमघट तथा भिडभाडको बिकल्पको रुपमा हाल प्रचलित जूम प्रबिधीको उपयोग गर्दै यो कार्यक्रम सम्पन्न भइरहेको छ ।

हाल, ब्यापार ब्यवसाय खुल्न सुरु भए पनि ग्राहकहरु खुलेर बजार जान डराइरहेका छन् । मेसी, वोर्ल्डनेभी जस्ता ब्राण्डेड चेनस्टोरहरुमा पनि यथेस्ट इन्भेण्ट्री उपलब्ध छैन । रेष्टुरेन्टहरुमा सामाजिक दुरी कायम गरेर चलाइएको भएता पनि टेबुलहरुले मात्र त्यो नियम पालना गरेकाछन् । ती टेबुलहरु प्रयोग गर्ने ग्राहक आएर बसिदिए मात्र पनि फोटो खिचेर फेसबुकमा र आफ्नो वेबसाईटमा अप्लोड गर्ने धोको बोकेर बसेका छन् मालिकहरु । च्याउ झैँ उमारिएका आइब्रो थ्रेडिङ्गका पसलहरु एकअर्काको प्रतिष्पर्धाको मार खेपीरहेको अवस्थालाई यो कोभिड १९ को असारले अझ बढी चिन्तित तुल्याएको छ । पसल खोलेर मात्रके गर्नु र ग्राहकको सँख्यामा नै कमी आए पछि  ।

हुनत, अमेरिकि सरकारले ब्यबसायीहरुलाई सहज् ऋण र कामदारहरुलाई केहि समय सम्म राहत सोरुप बेरोजगारी भत्ता दिएकोले आर्थिक सँकटै चाँही परिसकेको छैन । तर स्वतन्त्र मुलुकमा सक्षम जीवनको मस्तिमा डुवीरहेका जो कोहिलाई यो अर्धबन्दी खालको जीवन जिउँनु पर्दाको ब्यथा हरकसैले पनि महशुस गरेको अवस्था छ ।

कहिलेकाहीँ मन्दिरमा गएर “हे भगवान मलाई रक्षा गर प्रभु” भनी प्रार्थना गर्ने मन्दिरहरु पनि बन्द जस्तै छन् । मुखहात खुट्टा धोएर चोखो भएर मुर्ती सामु गएर ढोग्दा आफ्नो आत्माविश्वास बढ्ने हामी अचेल मास्क लगाएर जाँदा आफु असुद्ध छु जस्तो भान हुन्छ । गइहालियो भनेपनि कोही भेटियो भने उस्ले लगाएको मास्क भरपर्दो छ कि छैन भनी मनभित्र अनेक कुराहरु खेल्छन् । त्यसैले मन्दिर धाउनु भन्दा घरमै भएको भगवानको फोटोलाई ढोग्नु उचित लाग्छ ।

यी र यस्तै कुराहरुले चिन्तित मस्तिस्कलाई राहत स्वरुप केहि आध्यात्मिक र आदर्शका प्रबचन् सहित योग शिक्षामा केही समय मात्र भएपनि आबद्ध हुन उपयुक्त देखिएको छ । त्यसैले होला आजकल जुमको माद्यमबाट यस्को सुरुवात यत्रत्यस्त्र सर्बत्र भएको देखिन्छ ।

अहिले नेपाली समाजमा चलेको यो चलनलाई लस एन्जलसको श्री पशुपतिनाथ तथा बुद्ध फाउण्डेसन् पनि सुरुगरेको छ । हरेक हप्ताको आइतबार साँझको समय पारेर गरिएको छ । गत आइतबार डा. चिन्तामणी योगीज्युले र त्यो भन्दा पहिलाको आइतबार गुरु जीवन बरालज्युले सहभागिहरुका लागि दिव्य बाणी प्रबचन् गर्नु भएको थियो ।

आगामी आइतबार डिसेम्बर २७ को साँझ ६- ७.३० सम्म बाचन सिरोमणी पण्डित दीन बन्धु पोखरेलज्युको मुखराबिन्दुबाट भजन क्रितन तथा प्रवचन् हुनेछ । विश्वभरिका समस्त इच्छुक भक्तजनहरुलाई सहभागिताको लागि हार्दिक निमत्रणा गर्नुका साथै जुमलिङ्कका लागि www.pashupatinathfoundation.org मा हेर्न अनुरोध गर्नुभएको छ सो सँस्थाका अध्यक्ष गोकुल पौडेलले ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)