डिसेम्बर २३ अमेरिका । सुतिरहेको अवस्थामा अमेरिकाको बोष्टनमा एक नेपालीको निधन भएको छ । नेपाली को घरमा डेरामा बस्दै आएका ४५ बर्षिय बासुदेव ढुंगाना सँधै झै समयमा खान खान तल नओर्ले पछि घरभेटी बोलाउन गएका थिए । धेरै बेर सम्म ढोका ढक्ढकाउँदा पनि ढोका नखोले पछि घरभेटिले प्रहरी बोलाएका थिए ।
प्रहरी आएर ढोका खोलेर हेर्दा उनी अचेत अवस्थामा फेला परेका थिए । तत्कालै अस्पातल पुर्याउदा उनको निधन भईसकेको पुस्टि भएको थियो । उनको सवलाई पोष्टमार्टमको लागि अस्पतालमै राखिएको जानकारी आएको छ ।
नेपालको पुर्बी झापामा घर भएका ढुंगाना करिब १० बर्ष देखि अमेरिका बस्दै आएका थिए। उनी करिब दुई बर्ष अघिमात्र क्यालिफोर्नियाबाट वोस्टन सरेकाथिए । उनको परिवारलाई नेपालबाट झिकाउने प्रकृया चलिरहेको भएपनि हाल उनका पत्नी र २ छोराछोरी नेपाल मै भएको कुरा सम्बद्ध सुत्रबाट थाहा हुनआएको छ ।
