आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाहिरिन लागेका ट्रम्पले किन रोके अमेरिकी रक्षा खर्च विधेयक


  • वीवीसी
  • बिहिबार, पुस ९, २०७७
  • 491
    SHARES

बाहिरिने क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ७४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयक रोकिदिएका छन्।

यसै महिना अमेरिकी कङ्ग्रेसले उक्त विधेयक पारित गरेको थियो।

अफगानिस्तान तथा युरोपबाट अमेरिकी फौज फिर्ता लग्ने र सैनिक अखडाहरूबाट अमेरिकी गृहयुद्धकालीन सैनिक जनरलहरूको नाम हटाउने व्यवस्थाको ट्रम्पले विरोध गर्दै आएका छन्।

सामाजिक सञ्जालहरूलाई प्राप्त जवाफदेहितासम्बन्धी बचाउ गर्ने अधिकार पनि ट्रम्पले हटाउन चाहेका छन्।

सांसदहरूले बहुमतले ती विषयलाई अनुमोदन गरेका थिए र विधेयक रोक्ने राष्ट्रपतिको कदमलाई खारेज गर्न सक्छन्।

कङ्ग्रेसले पारित गरेका विधेयकहरू कानुन बन्न राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नुपर्छ।

नीतिगत असहमति हुँदा विरल अवस्थामा राष्ट्रपतिले विधेयकलाई रोक्न आफ्नो विशेषाधिकार प्रयोग गर्न पाउँछन्।

सांसदहरूले राष्ट्रपतिको विशेषाधिकारलाई खारेज गर्न सक्छन् र संसद्‌को दुवै सदनमा दुई तिहाइ बहुमत पुर्‍याएर विधेयकलाई कानुनी रूप दिलाउन सक्छन्।

कङ्ग्रेसले यो मामिलामा ट्रम्पको विशेषाधिकारलाई खारेज गरेन भने ६० वर्षयता पहिलो पटक न्याश्नल डिफेन्स अथोराइजेशन एक्ट (एनडीएए) कानुन बन्न पाउने छैन।

अफगानिस्तानबाट फर्केका अमेरिकी सैनिक

पैँतालीस सय पृष्ठ लामो एनडीएएलाई ट्रम्पले “चीन र रुसका लागि उपहार” भएको आरोप लगाएका छन्।

“दुर्भाग्यवश, गम्भीर राष्ट्रिय सुरक्षाका कदम समेट्न विधेयक विफल रहेको छ, लामो समय सेवा गरेका हाम्रा सैनिकको सम्मान गर्न तथा सैनिकहरूको इतिहासलाई नसमेट्ने प्रावधान त्यसमा छन् र राष्ट्रिय सुरक्षा तथा विदेश नीतिको मामिलामा अमेरिकालाई प्राथमिकतामा राख्ने मेरो प्रशासनको नीतिसँग मेल खाने खालको छैन,” ट्रम्पले एउटा वक्तव्यमा भनेका छन्।

स्वदेश फर्काउने अमेरिकी फौजको सङ्ख्या सीमित तुल्याउने विधेयकको व्यवस्थालाई पनि उनले “असंवैधानिक” भनेका छन्।

आगामी ज्यानुअरी २० तारिख ट्रम्पको कार्यकाल सकिँदैछ। उनलाई राष्ट्रपति निर्वाचित जो बाइडनले विस्थापित गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)