शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लाजियोमाथीको जितसंगै मिलान अंक तालिकाको शीर्ष स्थानमा कायमै


  • माउन्टेन खबर
  • बिहिबार, पुस ९, २०७७
  • 296
    SHARES

मिलान । बुधबार इटालीको ‘सिरी ए’ मा  एसी मिलानले लाजियोलाई ३–२ ले हराएको छ । जितसँगै मिलान अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । इन्ज्युरी समयमा हर्नान्डेजले गरेको निर्णायक गोलमा एसी मिलानले जित हाँसिल गरेको हो ।

मिलानले दुई गोलको अग्रता लिएयता भ्रमणकारी लाजियोले दुई गोल फर्काएको हो । यो जितपछि मिलानको ३४ अंक भएको छ र यो शीर्ष स्थानमा छिमेकी तथा दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता हो ।

इन्टरले बुधबारको अर्को खेलमा हेलास भेरोनालाई २–१ ले हरायो । एएस रोमा २७ अंकसहित तेस्रो स्थानमा छ र उसले कागलिरीलाई ३–२ ले पराजित गर्‍यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)