शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्पेनी ला लिगामा रियल म्याड्रिडले ग्रेनेडालाई २–० ले हरायो


  • माउन्टेन खबर
  • बिहिबार, पुस ९, २०७७
  • 852
    SHARES

म्याड्रिड । बुधबार स्पेनी ला लिगामा रियल म्याड्रिडले ग्रेनेडालाई २–० ले हराएको छ । कासेमिरो र करिम बेन्जेमाले गरेको गोलमा रियलले जित आफ्नो सुनिश्चित गरेको थियो ।  जितसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिकोसँग रियलले अंक बराबरी गरेको छ ।

दुवै म्याड्रिड क्लबको समान ३२ अंक रहेको छ, तर एटलेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । रियलका लागि बेन्जेमाले इन्ज्युरी समयमा गोल गरेका थिए र यो उनको लिगमा यो सिजन आठौं गोल रह्यो ।

सबै खाले प्रतियोगितामा रियलको यो लगातार छैटौं जित हो । लिगमा भने रियलको यो लगातार पाँचौं जित हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)