१३ पुस ,काठमाडौँ। अभ्यासका क्रमामा खुट्टामा चोट लागी घाइते भएका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगर र मिडफिल्डर विक्रम लामाको खुट्टाको चोटको उपचार कतारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा दुवै खेलाडीको उपचार कतारमा गरिने भएको हो।
एक वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल अभ्यासका क्रममा घाइते भएका थिए भने यस्तै विक्रमको दुई वर्षअघि लागेको चोट बल्झिएको थियो।
एन्फाको आग्रहलाई कतार फुटबल एसोसिएसनले स्विकार गरेसंगै उनीहरुको उपचार हुनेभएको हो। दुवै खेलाडीको चोटको प्रकृती हेरेर उपचार गरिने एन्फाले जनाएको छ। एन्फाका अनुसार कतारकै अर्थोपेडिक विशेष अस्पताल एस्पटरमा उनीहरु दुई खेलाडीको उपचार हुनेछ
लामा र घर्तिमगर दुवै नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्यको रुपमा रहँदै आएका थिए।
