शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्पानिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकियो


  • माउन्टेन खबर
  • बुधबार, पुस १५, २०७७
  • 500
    SHARES

१५ पुस, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना आइबरसँग बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा आइबरसंग बराबरी खेल्दै बार्सिलोनाले अंक तालिकामा तेस्रो स्थानमा पुग्ने मौका गुमाएको हो।

मार्थिन ब्रेथवेइटेले पेनाल्टीबाट गोल गर्न नसकेपछि बार्सिलोनाले बइबरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । आइबरले ला लिगा अन्तर्गतको खेलमा पहिलो पटक क्याम्प नोउमा अंक जोड्न सफल भएको हो ।

खेलको आठौँ मिनेटमा बार्सिलोनाले अग्रता लिने अवसर पाएको थियो । तर मार्टिन ब्रेथवेइटेको पेनाल्टी प्रहार पोष्टभन्दा बाहिर गयो । यस्तै २५औं मिनेटमा ब्रेथवेइटेले नै गोल गरेपनि त्यसलाई मान्यता दिएन । खेलको पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन ।

५७औं मिनेटमा किकेले गोल गर्दै आइबरलाई पहिले अग्रता दिलाएका थिए । तर त्यसको दश मिनेटमपछि बार्सिलोनाका ओसमान डेम्बेलेले जुनियर फिर्पोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल नहुँदा बार्सिलोना अंक बाँड्न बाध्य भयो । १५ खेलबाट २५ अंक जोडेको बार्सिलोना छैटौं स्थानमा छ । बार्सिलोना शीर्ष स्थानमा रहेको एट्लेटिको र रियल मड्रिडभन्दा अझै ७ अंकले पछि छ ।

आइबर १६ खेलबाट १६ अंकसहित १५औं स्थानमा छ ।

त्यसअघि सेभियाले भियारियाललाई २-० ले पराजित गर्दै चौथो स्थानमा उक्लँदा बार्सिलोना एक स्थान तल झरेको हो ।

सेभियालाई घरेलु मैदानमा जित दिलाउन लुकास ओकमपास र युसु एन नेसय्रीले १-१ गोल गरे । सेभिया १४ खेलबाट २६ अंकसहित चौथो स्थानमा उक्लेको छ । १६ खेलबाट २६ अंक नै रहेको भियारियल पाँचौ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)