१५ पुस ,काठमाडौं । सरकारले १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका २३ ओटा स्वस्थ्यकर्मी पेसागत संगठनसँग आज वार्ताका लागि बोलाएको छ
स्वस्थ्यकर्मीलाई वार्ताका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज दिउँसो १ बजे बोलाइएको हो । वार्तामा पेसागत संघ–संगठनका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्ज्वलकुमार शर्मालगायत सातजनाको टोली छ । मन्त्रालयका तर्फबाट सहसचिवस्तरीय तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ ।
निश्चित समयभित्र सबै मागहरुमाथि सम्बोधन भएमात्र आन्दोलन फिर्ता लिने संघका अध्यक्ष डा. लोचन कार्कीले बताउनुभएको छ । सरकारले वार्तामा बोलाएपछि हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।
