शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिग: लिभरपुलसंग न्युकासल युनाइटेडको बराबरी


  • माउन्टेन खबर
  • बिहिबार, पुस १६, २०७७
  • 979
    SHARES

लन्डन । प्रभावशाली हुन नसकेको लिभरपुल इंग्लिस प्रिमियर लिगमा बुधबार फेरि बराबरीमा रोकिएको छ । उसले न्युकासल युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो  । यो खेल जितेको भए लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा चार अंकको अग्रता लिन सक्ने थियो, तर न्युकासलले त्यो स्थिति तयार हुन दिएन ।

यसअघि लिभरपुलले वेस्ट ब्रुमविरुद्धको खेलमा पनि बराबरीमै चित्त बुझाएको थियो । योर्गन क्लोपको लिभरपुलको १६ खेलबाट ३३ अंक भएको छ र शीर्ष स्थानमा उसलाई तीन अंकको अग्रता प्राप्त छ । तर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले उसको तुलनामा एक खेल कम खेलेका छ ।

बुधबार नै टोटनहम र फुलहमबीच हुनु पर्ने खेल भने रद्द गरिएको छ । लन्डनमा कोभिड(१९ को नयाँ संक्रमण देखिएपछि फुलहमले खेल रद्द गर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)