सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टीभित्रकै नेताले संसद् विघटन गर्न बाध्य पारे : मुख्यमन्त्री गुरुङ


  • माउन्टेन खबर
  • शनिबार, पुस २५, २०७७
  • 536
    SHARES
पर्वत, २५ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताउनुभएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद् विघटन गर्नुपरेको बताउनुभयो ।
प्रचण्ड–नेपाल समूहका क्रियाकलाप राष्ट्रियताविरोधी भएको आरोप लगाउँदै गुरुङले मुलुक यो परिस्थितिमा ल्याउनमा दुई जनाको मुख्य भूमिका रहेको बताउनुभयो । देश, सरकार र राष्ट्रियताविरोधी क्रियाकलाप भएको भन्दै उहाँले कुर्चीमोहले नेकपा विभाजनको सङ्घारमा पुगेको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैँ अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद् भङ्ग गर्ने अवस्था आएको बताउनुभयो । उहाँले मुलुकको सिमाना मिचिँदा आवाज उठाउने र गुमेको जमिन फिर्ता ल्याउने पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्नसमेत नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }