
२८ पुस, कास्की । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय खारेज गर्ने बताउनुभएको छ।
आज पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले संविधान अनुसार संसद पुर्नस्थापनाको फैसला गर्नेमा आफु विश्वस्त रहेको बताउनुभएको हो।
‘संविधान, धेरै कानुनविद्हरुको कुराकानीमा पनि संसद विघटनलाई सदर गर्ने आधार नै छैन । तर अन्नतः जनताको अदालत नै सवैभन्दा माथि हुने भएकाले हामी जनतामा गएका हौ’,उहाँले भन्नुभयो।
त्यस्तै, माधव नेपाल प्रचण्डको समूहमा गएको भनेर ओली समूहले भ्रम फैलाउन खोजेको आरोपमा प्रचण्डले कोहि कसैको पक्षमा नलागी दुबैजना एकताको पक्षमा गएको स्पष्ट पार्नुभएको छ।
‘माधव नेपाल प्रचण्डको पक्षमा गयो भन्ने होइन, माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा हामीले एकता गरेका हौं ।’उहाँले भन्नुभयो।