मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप क्रिकेट

बागमती प्रदेशको लगातार तेस्रो जित


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ९, २०७७
  • 437
    SHARES

काठमाडौं,९ माघ। पृथु बास्कोटाको अर्धसतकको मद्दतमा बागमती प्रदेशले प्रदेश–२ माथि ६ विकेट जित निकाल्दै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मूलपानीको मैदानमा प्रदेश–२ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८० रनको लक्ष्य बागमती प्रदेशले ४८.२ ओभरमा ४ विकेट गुमाएर भेटाउन सफल भयो । बागमतीका पृथु बास्कोटा ५३ रनमा नटआउट रहे । विभात्सु थापा अर्धसतक बनाउन तीन रनले चुक्दा ओपनर आकाश थापाले ३२ रनको योगदान गरे । इसान पाण्डे हरिशंकर शाहको बलमा बोल्ड हुँदा उनको नाममा दुई किवेट रह्यो । यस्तै विशाल सुस्लिङ र कुमार थापाले एक÷एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो । ७ विकेट गुमाउँदा ६९ रन जोडेको प्रदेश–२ का लागि विवेक यादवले सर्वाधिक ६६ रनको पारी खेल्दै धरमराएको इनिङलाई सम्हालेका थिए । राहुला प्रताप सिंहले २२ रनको योगदान गर्दा कुमार थापाले २२ रन जोडे । कप्तान सुरज कुर्मीले १३ रन जोड्दा सुधिर चौधरीले १५ रनको पारी खेल्दै पवेलियन फर्किए । बागमति प्रदेशका लागि गौतम केसीले सर्वाधिक ४ विकेट निकल्दा रामनरेश गिरिले २ तथा नन्दन यादव, विपिन आर्चाय र तिलक भण्डारीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।

जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । समूह ‘बी’ ले अन्तिम चारको ढोका बलियो बनाएको छ । शीर्ष स्थानको बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश–२ को यो लगातार दोस्रो हार हो । प्रदेश–२ ले तालिका अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)