मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप

प्रदेश २लाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा


  • माउन्टेन खबर
  • सोमवार, माघ १२, २०७७
  • 435
    SHARES

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज मुलपानी मैदानमा भएको समहू बी अन्तर्गतको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको छ । समूह बी मा ४ खेल खेलेको पुलिसले ६ अंक जोड्यो भने प्रदेश २ समूहको चार वटै खेल हार्दै बाहिरिएको छ ।

आजको खेलमा प्रदेश २ ले पुलिसलाई १७० रनको लक्ष्य दिएको थियो भने त्यसको जवाफमा पुलिसले ३८ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

पुलिसका लागि अनिल शाहले ४७ रन बनाए भने कुशल भुर्तेलले ४३ रनको योगदान गरे ।

कप्तान मन्जित श्रेष्ठ १२ रनमा अविजित रहे । यस्तै अमित श्रेष्ठ र दिपेन्द्र सिंह ऐरीले समान १७ रन बनाए । सुनिल धमला १३ रन बनाएर आउट भए ।

अब पुलिसले समूह ए को विजेतासंग सेमिफाइनलमा खेल्नेछ । समूह ए अन्तर्गत टीयू मैदानमा एपीएफ र आर्मीबीचको खेल भइरहेको छ । यो खेलको विजेता समूह विजेता बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)