सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ सरकारद्वारा पिसिआर मेसिन खरिदका लागि टेन्डर आह्वान


  • माउन्टेन खबर
  • बिहिबार, माघ १५, २०७७
  • 459
    SHARES

१५ माघ, मोरङ । प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । मेसिन खरिदका लागि लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामै चारवटा पीसीआर मेसिन छन्, जसमध्ये एउटा मात्र सञ्चालनमा छ । दुईवटा पोर्टेबल मेसिन थन्किएका छन् । स्वीस सरकारबाट अनुदानमा आएको रोस कम्पनीको मेसिन रिएजेन्ट किट नभएर प्रयोगविहीन छ ।

तर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोरोना जाँचका लागि एउटा मात्र मेसिन सञ्चालन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)