बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अघि बढ्न सकेन पेट्रोलियम अन्वेषण तथा उत्खननको दोस्रो चरणको काम


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १६, २०७७
  • 535
    SHARES

सुर्खेत, १६ माघ । चिनियाँ टोली नफर्किंदा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननको दोस्रो चरणको काम अझै अघि बढ्न सकेको छैन । गतवर्ष गरिएको सेस्मिक सर्भेपछिको दोस्रो चरणको काम दशैं–तिहारलगत्तै शुरू गरिने भनिए पनि अझै शुरू हुन सकेको छैन ।

चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको सर्भे र ड्रिलिङको काम हुने भनिएको थियो । तर कोरोना महामारीको कारण देखाउँदै चिनियाँ विज्ञ र प्राविधिकको टोली नआएको खानी तथा भूगर्भ विभागले बताएको छ । विभागका अनुसार सन् २०१९ फेबु्रअरीमा चिनियाँ टोलीसँग गरिएको सम्झौताको म्याद सकिन लागेको छ । चिनियाँ टोलीसँग गरिएको तीन चरणको सम्झौता अनुसारको पहिलो स्थलगत अध्ययनको कामको नतिजा नै समयमै उपलब्ध नहुँदा काम अघि बढाउन अन्योल भएको छ ।

नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थ अन्वेषणका लागि सन् २०१७ मा पहिलोपल्ट सम्झौता गरिएको थियो । यस्तै २०२२ सम्ममा सबै काम सक्ने गरी आयोजनासँग चिनियाँ टोलीले सम्झौता गरेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत गणेशनाथ त्रिपाठीले बताए । उनका अनुसार अहिलेसम्म सेस्मिक सर्भेको रिपोर्ट समेत आएको छैन ।

कोरोना महामारीका कारण चिनियाँ टोली आउन ढिलाइ भएको त्रिपाठीको भनाइ छ । ‘विज्ञहरू हाम्रो नियमित सम्पर्कमा छन्,’ उनले भने, ‘अहिले चीन सरकारसँग नेपाल आउन अनुमति माग गरेको बुझिएको छ, उनीहरू आएपछि थप चरणका काम शुरू हुनेछन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)