सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलो चरणको कोरोना खोप अभियान सम्पन्न


  • माउन्टेन खबर
  • आइतवार, माघ २५, २०७७
  • 761
    SHARES

काठमाडौं, २५ माघ । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप कार्यक्रम सकिएको छ । पहिलो चरणमा एक लाख ८४ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख मात्रा खोप सरकारले माघ १४ गतेदेखि लगाउन शुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । प्रदेश नं. १ मा २४ हजार २२४, प्रदेश नं. २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनालाई खोप दिईएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप कार्यक्रम अन्र्तगत स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविका लगायतलाई लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)