शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिमालयन एयरलाइन्सको काठमाडौं–दुबई उडान पुनः सुचारु


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 539
    SHARES

काठमाडौं, ५ फागुन । कोभिड–१९ महामारीका कारण रोकिएको हिमालय एयरलाइन्सको दुबई उडान पुनः सुचारु भएको छ । दुबई उडान अब साताको तीन पटक हुने कम्पनीले जनाएको छ।

एयरलाइन्सको काठमाडौं–दुबई–काठमाडौं उडान युएईको कोभिड १९ सुरक्षा मापदण्ड पालना गर्दै यात्रु आवागमन खुकुलो बनाएसँगै सुरु गर्न लागेको जनाएको हो । काठमाडौंबाट हरेक आइतबार, मंगलबार र बिहिबार दुबई उडान भर्ने छ भने दुबईबाट सोमबार, मंगलबार र बिहिबार काठमाडौं उडान भर्ने छ ।

लामो समयपछि हुन लागेको दुबई उडानको अवसरमा हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इंयोङले पहिलो तीनजना यात्रुलाई विशेष उपहार र बोर्डिङ पास दिएर बिदा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)