शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन प्रवर्धनका लागि संस्कार समाज घान्द्रुकमा


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ८, २०७७
  • 1.5K
    SHARES

घान्द्रुक (कास्की), ८ फागुन । संस्कार समाज नेपालको १६० औं श्रृङ्खला घान्द्रुकका स्थानिय पर्यटन ब्यवसायीहरू बीच पर्यटन प्रबद्वन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन ब्यवस्थापन समितिको सहकार्यमा समाजले उक्त कार्यक्रम सम्पन्न गरेको हो । पर्यटकीय गन्तव्य स्थलहरू अन्नपूर्ण बेस क्याम्प ९एबिसी०, मार्दी, घोरेपानि, हिडन लेकको ट्रेकिङ आरम्भ हुने स्थान घान्द्रुकमा पर्यटकहरूले बाँस बस्छन ।

कार्यक्रममा बोल्दै संस्कार समाजका अध्यक्ष पशुपति गुरूङले स्वदेशी मात्र नभई बिदेशि पर्यटकहरूसमेत धेरै आउने हुँदा असल व्यवहार गरेर पर्यटकलार्इ रिझाउनु पर्ने धारणा ब्यक्त गर्नु भयो । एउटा पर्यटकलाई खुशी पारेर पठाए उसले राम्रो सन्देश बोकेर जाने र त्यसबाट निःशुल्क विज्ञापन हुने तथा पर्यटन प्रबद्वनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अध्यक्ष गुरूङले मान्छे अजम्बरि हुदैन भन्दै पुस्ता हस्तान्तरणका लागि नयाँ पुस्तालाइ गाउमै शिक्षादीक्षा दिनु पर्ने धारणा ब्यक्त गर्नु भयो । गुरूङले भन्नू भयो ‘अहिले गाउबाट छोराछोरि सहरमा पढ्न पठाउने संस्कार जस्तै बनेको छ, यसतर्फ पनि अभिभावकले सोच्नु पर्छ । शहर पढ्न गइसके पछि गाउँ फर्केर आउने सम्भावना कम हुन्छ ।

यसले घान्द्रुकमा देखिएको पर्यटनको बिकासमा पुस्ता हस्तान्तरण नहुदा यो अस्तित्वको चपेटामा पनि पर्न सक्छ ।’ साथै गुरूङले पर्यटन ब्यवसायलाई मात्र प्राथमिकता नदिई प्रकृति अनुकुल कृषिकर्ममा पनि प्रेरित गर्नु पर्छ भन्दै पर्यटनबाट गाउँमा भित्रिएको पैसाले बाहिरबाटै उपभोग्य सामान ल्याउदा पुनः रकम बाहिरिने हुँदा त्यहाको पैसा त्यहि रोक्न सक्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

घान्द्रुकेहरूको अतिथि सत्कारको शैली बिशिष्ठ रहेको भन्दै अध्यक्ष गुरूङले आफ्नो जन्मभूमिको पर्यटन प्रबर्दनका लागि सदैव सहकार्य गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।

झण्डै ५ दर्जन बढी सुबिधा सम्पन्न होटलहरू रहेको घान्द्रुक आफैमा पर्यटकीय आकर्षणको गन्तव्य हो । घान्द्रुकबाट अन्नपूर्ण, अन्नपूर्ण सायथ, हिमचुलि, गंगापूर्ण, माछापुच्छ्रे, लमजुङलगायत हिमालहरू नजिकबाट देख्न सकिन्छ । यहाँको पर्यटन ब्यवसायलाइ ब्यवस्थित बनाउन मात्र नभई पर्यटकलाई धेरै भन्दा धेरै सुबिधा र सन्तुष्टि दिन आफूहरू लागि परेको पर्यटन प्रबद्वन समिति, घान्द्रुकका अध्यक्ष किसम गुरूङले बताउनु भयो ।

त्यस्तै होटल हङ्ग्रि आइ संचालक तारादेबि पौडेलले घान्द्रुक स्वदेशि तथा बिदेशी पर्यटकहरूको आकर्षण बन्न सफल भएको बताउनु भयो । संस्कार समाज नेपालको आयोजनामा आयोजित कार्यक्रममा सहभागिहरूले घान्द्रुकका अन्य ब्यवसाय र सम्भावनाका बारेका समेत धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)