मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा उडान भरेको केही क्षणमै जहाजको एउटा इन्जिन फेल


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १०, २०७७
  • 461
    SHARES

अमेरिका । अमेरिकामा उडान भरेको केही क्षणमै एउटा इन्जिन फेल भएपछि युनाइटेड एयरलाइन्सको एउटा जहाज अवतरण गरेको छ । शनिवार दिउँसो डेनभर इन्टरनेशनल एयरपोर्टमा आपत्कालीन अवतरण गर्ने क्रममा डेनभरको विभिन्न स्थानमा जहाजका टुक्राहरु खसेको थिए ।

त्यसबाट हालसम्म कसैलाई चोटपटक लागेको सुचना आएको छैन । तर, सामाजिक सञ्जालमा विभिन्न ठाउँमा खसेका प्लेनका टुक्रा भने राखिएका छन् ।

‘युनाइटेडको फ्लाइट नम्बर ३२८ को एउटा इन्जिन फेल भएपछि सुरक्षित रूपमा विमानस्थल फर्केको छ युनाइटेड । एयरलाइन्सका प्रवक्ता डेभिड गोन्जालेजले भने, ‘इन्जिन फेल भएका विषयमा छानबिन भइरहेको छ ।

होनोलुलु, हवाईका लागि उडेको उक्त बोइङ ७७७ प्लेनको दाहिने इन्जिन फेल भएको थियो । त्यसपछि चालक दलले उक्त प्लेनलाई दिउँसो स्थानीय समय अनुसार १ः२९ मा सुरक्षित अवतरण गराएका थिए । जहाजमा २ सय ३१ यात्रुहरु र १० जना चालकदलका सदश्यहरु थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)