सोमवार, बैशाख २४, २०८१

जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्न थाल्छन :प्रधानमन्त्री


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 357
    SHARES

काठमाडौ , १२ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरु भनि टिप्पणी गर्नुभएको छ ।

पुष्कपमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जस्ता मान्छेहरुलाई सानोसानो विषयले ठूलै असर गर्ने भएकोले हिजो चितवनमा ‘मुह मिठा’ गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

सर्वोच्चको फैसलापछि बुधबार दिउसो पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन । यो सामान्य कुरा हो । मेरा केही भाईहरुले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन । खुसी भएर, जित्यौं भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन अब हेर्नुछ ।’

प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताउनुभयो । तर आफूलाई त्यता तर्फ कुनै चिन्ता नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ की जस्तो लाग्छ ।

राजीनामा देउ राजीनामा देउ भनेर । यतापट्टी चिन्ता गर्नु पर्दैन । को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जीन्दगीको कुनै ठेगान छैन । जवसम्म बाँचिन्छ तवसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दावी समेत गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }