सोमवार, बैशाख २४, २०८१

प्रधानमन्त्री ओलीले राजीनामा दिदा राम्रो हुन्छ :सभापति देउवा


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 425
    SHARES

काठमाडौं ,१२ फागुन।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिदा राम्रो हुने बताउनुभएको छ ।

बुधबार महेन्द्र नारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति ः आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पु¥याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताउनुभएको हो । तर ओलीको पार्टीको कुरा भएकाले आफूहरुले दवाव नदिने बताउनुभयो ।

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताउनुभयो । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरी संसदीय व्यवस्थालाई सुदृढिकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडी की त आफ्नो बहुमत पु¥याउनुप¥यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरुको पार्टीको कुरा हो ।’

सभापति देउवाले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताउनुभयो । कांग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘कांग्रेसले केही गर्दैन भनेर जनताले हराए भोट दिएनन् । अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । कांग्रेसबाट आशा गर्नुभएकोमा सबै नेपाली जनता, बुद्धिजिवी, पत्रकार जगत सबैलाई धन्यवाद छ । कांग्रेसप्रति आकर्षण बढेको बुझेको छु ।’

प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढिकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताउनुभयो । उहाँले कसैलेपनि कुनैपनि बाहानामा प्रजातन्त्र र लोकतन्त्रलाई हरण गर्न नसक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }