मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विषयक तालिम उद्घाटन


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन १२, २०७७
  • 887
    SHARES

काठमाडौं , १२ फागुन। अघ्यक्ष सृजना राणाले कोभिड–१९ को विषम परिस्थितिमा होटल उद्योग पनि बाँच्ने र कामदार तथा कर्मचारीहरुलाई पनि बचाउने उद्देश्यले होटल संघ नेपाल, तीनवटै केन्द्रीय ट्रेड युनियन र यस कार्यदलबाट भएको सहमति ऐतिहासिक कदम भएको बताउनु भयो ।

अध्यक्ष राणाले  होटल उद्योगको संरक्षण र सम्वद्र्धन गर्न दुवै पक्ष लगानीकर्ता र कामदार तथा कर्मचारीको उत्तिकै दायित्व रहेको हुँदा तालिम, प्रशिक्षण, प्रवद्र्धन तथा सेवा शुल्क संकलन तथा औद्योगिक शान्ति मुख्य उद्देश्य रहेको यस कार्यदलले होटल उद्योगको विकास र विस्तारका लागि होटल संघ नेपालसँग हातेमालो गरी विभिन्न सरकारी तथा गैरसरकारी निकायमा निरन्तर पहलको पहल हुनुपर्ने बताउँदै संघको अध्यक्षता ग्रहण गरेदेखि नै मेरो मूल मन्त्र भनेकै तालिम, प्रशिक्षण र प्रवद्र्धन नै रहेको र यस किसिमका कार्यक्रमहरु मुलुकको सात वटै प्रदेश र प्रदेशमा रहेका होटल संघ नेपालको क्षेत्रीय संघहरुसँग समन्वय गरी आयोजनाका लागि कार्यक्रमहरु तय भए तापनि कोभिड–१९ को महामारीबाट पूरा हुन नसकेको बताउनुभयो ।

अब विस्तारै पर्यटन लयमा आउँदै गरेको अवस्थामा कसरी सुरक्षित तवरबाट स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर होटलहरु सञ्चालन गर्ने भन्ने यस किसिमको कार्यक्रमको शुरुवात आजबाट भएको हुँदा अव निरन्तर रुपमा सात वटै प्रदेश तथा क्षेत्रीय होटल संघमा कार्यक्रमहरु आयोजना गर्न कार्यदललाई निर्देशन दिनुभयो ।

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वास्थ्य सुरक्षालाई आत्मसाथ गर्दै मापदण्ड अनुसार होटलहरु सञ्चालन हुनपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले विषम परिस्थितिमा पनि क्वारेन्टिनको लागि अग्रसर रहेर राज्यलाई सहयोग पु¥याएको भन्दै सराहना गर्नुभयो । उहाँले पछिल्लो समय होटल संघ नेपालको सुझाव तथा पहललाई सार्थक बनाउन सम्बन्धित निकायसँग विभागले पहल गरिरहेको पनि स्पष्ट पार्नुभयो । महानिर्देशक तामाङले यस किसिमको तालिम तथा प्रशिक्षण मुलुक भरनै हुनुपर्ने भनी सराहना गर्नुभयो ।

उक्त कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यदलका संयोजक तथा होटल संघ नेपालका महासचिव साजन शाक्यले संयुक्त कार्यदलको उद्देश्य र भावना बारे चर्चा गर्दै यस किसिमको कार्यक्रम अब मुलुकभर सातै प्रदेशमा आयोजना हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन संयुक्त कार्यदलका सदस्यसचिवव वंशी भट्टराईले गर्नुभएको कार्यक्रममा ट्रेड युनियनकर्मीहरुले विषयवस्तुमाथि आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा डा. सरद वन्त र डा. विन्ज्वला श्रेष्ठले स्वास्थ्य मापदण्ड सम्बन्धी प्रस्तुतिकरण गर्नुभयो भने होटल सञ्चालनसम्बन्धी प्रस्तुतिकरण सञ्जिव थापाले गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }