शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला शुरु


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १५, २०७७
  • 868
    SHARES

नुवाकोट , १५ फागुन। ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि शुरु भएको छ । नुवाकोट र रसुवामा रहेका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलको प्रचारप्रसार एंव स्थानीयतयहलाई आर्थिकरुपमा समृद्धितर्फ लैजाने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव शुरु गरिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महोत्सवको उद्घाटन गर्दै मेला तथा महोत्सवले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सहयोग पुग्ने भएकाले यसलाई सफल बनाउन आग्रह गर्नुभयो ।

सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटको छहरे बजार काठमाडौँसँगको छोटो दूरी, मध्यपहाडी राजमार्ग, कृषि उब्जनीको भण्डारणस्थल, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार तथा महत्व बाहिर ल्याउन महोत्सवलाई माध्यमको रुपमा लिएर सफल हुुनुपर्ने सुझाव दिनुभयो ।

महोत्सव चलाउन रु ४८ लाख खर्च लाग्ने र त्यसको लागि आयोजक लिखु गाउँपालिका, सहआयोजक जिल्ला समन्वय समिति नुवाकोटसहित सबै पालिका, प्रवद्र्धकमा नुवाकोट उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थामार्फत मुनाफारहित रुपमा चलाउन थालिएको हो । महोत्सवमार्फत समग्र नुवाकोटको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोककला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनको लागी जोड दिइएको आयोजक लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले बताउनुभयो ।

फागुन १४ देखि २२ गतेसम्म लिखु गाउँपालिका–६ स्थित कुमालठाँटीमा महोत्सव चल्नेछ ।

महोत्सवमा हेलिकप्टरमार्फत रसुवाको गोसाइँकुण्डसम्म पुग्न र शिवपुरीको सुइरेचउरबाट छहरेसम्म प्याराग्लाइडिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)