मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा सोमबार पनि सडकमा उत्रिए प्रदर्शनकारी 


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १७, २०७७
  • 429
    SHARES

१७ फागुन, काठमाडौं । एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाए । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन्।

आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आङ सान सुचीको सरकारलाई पुनःस्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु माथि याङगनमा प्रहरीले गोली नै बर्साएको थियो । सोमबार यङगनमा प्रहरीले प्रदर्शनको केन्द्र बनेका स्थानहरुमा पानीको फोहरा फाल्ने गाडीदेखि बख्तरबन्द सैन्य गाडी परिचालन गरिएको छ ।

प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा सुचीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन् । उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । सामाजिक सञ्जालमा लाइभ गरिएको भिडियोमा लासियोमा सानो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएको देखिएको थियो । ‘कू को एक महिना पुगेको छ । उनीहरुले हामीमाथि गोली बर्साएर हिजो दमन गरे । आज हामी पुनः सडकमा उत्रन्छौं,’ प्रदर्शनको नेतृत्व गरिरहेका नेता ई थिन्जार मुआङे फेसबुकमा भनेका छन् ।

सुची र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकांश नेतृत्वलाई हिरासतमा लिँदै सेनाले गत फेब्रुअरी १ मा शासन सत्ता हातमा लिएको थियो । गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ठूलो जीन हासिल गरेपछि धाँधली गरेर चुनाव जितेको सेनाले आरोप लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)