मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 367
    SHARES

१८ फागुन, काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ ।

सर्कोजीका वकिलले अदालतले सुनाएको यो फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । यो प्रक्रिया पूरा नहुँदासम्म सर्कोजी स्वतन्त्र हुनेछन् । यो प्रक्रिया सकिन केही वर्ष लाग्न सक्छ ।

फैसला सुनाउने क्रममा न्यायाधीश क्रिस्टिन मीले सर्कोजीलाई आफूले नराम्रो काम गर्दै छु भन्ने थाहा भएको र पूर्व राष्ट्रपति र उनका वकिलको कार्यले न्यायालयको छवि बिगारेको बताएकी थिइन् ।

सार्कोजीले गरेको अपिल असफल भएको अवस्थामा उनलाई सुनाइएको जेल सजाय उनले आफ्नै घरमा बसेर पूरा गर्न सक्नेछन् । सार्कोजी सन् २००७ मा पाँच वर्षको लागि फ्रान्सको राष्ट्रपति बनेका थिए ।

सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)