बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सेफ सन्तोष साह सम्मानित


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 437
    SHARES

काठमाडौं, १८ फागुन।  बिबिसि मास्टर सेफ प्रोफेसनल्स यूके – २०२० को उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।

मंगलबार नेपाल पर्यटन बोर्डले बिबिसि मास्टर सेफ प्रोफेसनल्स यूके –२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल हुनुभएकोमा उहाँको योगदान प्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

सचिव कोइरालाले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताउनुभयो ।

सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताउनुभयो । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उहाँको भनाई छ ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिनुभएको साह लामो समयदेखि बेलायतमा बस्दै आउनुभएको छ । बिहिबार मात्रै काठमाडौं आउनुभएको उहाँलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }