मङ्लबार, बैशाख २५, २०८१

अमेरिकाको क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 694
    SHARES

६ मार्च २०२१ , वाशिंटन डिसी ।

अमेरिकाको क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिएका छन्।  हाल विश्वव्यापि रूपमा चलिरहेको “वर्ल्ड फेवरेट सेफ कम्पिटिसन” मा क्यालिफोर्निया निवासी नेपाली तथा अऱंग्रेजी भाषाका कविताका सर्जक तथा पेशाले आफ्नै रेष्टुरेण्ट व्यवसायका सेफ ध्रुव थापा गत मार्च ४, बेलुकी ६ वजेसम्म सम्म भएको अनलाइन भोटिंग लाइनको आधारमा आफ्नो समूहमाबाट टप १० मा छनौट हुन सफल भएका छन्।

अवको उनको अर्को खुट्किला टप फाइभमा पुग्नु हो । आउॅंदो मार्च ११ मा हुने टप ५ को प्रतिस्पर्धाको लागि दौड शुरू भइसकेको छ । उनी आफ्नो समुहमा पहिलो चरण देखिनै प्रथम र दोश्रो स्थानमा निरन्तर पर्न सफल भएका छन्। अबको प्रतियोगितामा टप फाइभवाट टप वान पुगेर आफ्नो समूहको विजेता बन्नु हो । त्यसपछि मात्र विश्वव्यापि रूपमा सेमी फाइनल राउन्डमा पुग्न सकिने छ। सेमी फाइनल राउण्डमा हरेक समुहबाट छनौट भएर आएका उत्कृस्ट सेफबिच विश्वव्यापि प्रतिश्पर्धा हुनेछ ।

सेफ थापा आफ्नो पारम्परिक र स्थानीय खानाका परिकारलाई विश्व सामु चिनाउन चाहन्छन् । उनी आफ्नो मौलिक र स्वस्थाबर्धक हिमाली जडिबुटी देखि आयुर्वेदिक परिकार संग मिल्ने खाना , समय र मौसम अनुसार आउने हाम्रा चाड पर्वमा बन्ने विशेष परिकारहरु, हाम्रो भोजन प्रणाली र जीवन शैलीसित कसरि नङ र मासु जस्तै मिलेको छ यसको जानकारी विश्व सामु ल्याउन चाहन्छन् । उनले लामो समय देखि पुर्बिय जीवन शैली ,योग ध्यान , आहार आदिको बारेमा अमेरिकी समुदायलाई परिचय समेत गराउॅंदै आएका छन्। उनी पुर्बिय र आफ्नो मौलिक भोजनको महत्व र यसको उपयोगिता हाम्रो स्वास्थमा समेत प्रमुख भूमिका निर्वाह गर्ने जानकारी यस प्रतियोगिता मार्फत अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न चाहन्छन।

यस प्रतियोगितामा भाग लिनको उदेश्यबारे सेफ थापा भन्छन, “मैले यस प्रतियोगितामा सहभागी हुन् पाउनु मेरो मात्र सफलता नभएर सम्पूर्ण दिग्गज नेपाली सेफहरू जसले हाम्रो मौलिक र रैथाने खानालाई यहाँ सम्म ल्याउन योग दान दिनु भयो वहा हरुको सम्मान र सफलता हो , यो हाम्रो मौलिक खानालाई विश्व सामु चिनाउने अभियान भएकोले हामी सबैको साथ र समर्थन को खांचो छ ।”

यस प्रतियोगिताको अवधि भर free daily vote मा क्लिक गरेर आफ्नो अमुल्य समय र भोटले नेपाली खानालाई अन्तरास्ट्रिय जगतमा चिनाउन एक जुट हुन् समेत उनले बिनम्र अनुरोध गरेका छन्।

प्रतियोगिताका आयोजकले जानकारी गराए अनुसार अबको राउण्डमा उत्कृस्ट सेफ बन्न पूर्ण रुपमा पब्लिक भोटिंगको आधारमा फाइनल सम्म पुग्ने छ। प्रतियोगितामा सहभागी आफ्नो मनपर्ने शेफलाई हरेक 24 घण्टामा एक पटक मतदान गर्न सकिनेछ। तर मतदान दिनको लागि उनीहरूसँग फेसबुक खाता हुनुपर्दछ। प्रतियोगिता को विजेता सार्वजनिक अनलाइन मतदानको एक श्रृंखलामा निर्धारण गरिनेछ।

यस प्रतियोगितामा सेफ थापालाई तल उपलब्ध लिंक बाट भोट दिन सकिने छ। https://favchef.com/2021/dhruva-thapa सेफ थापाले अंग्रेजी भाषामा अमेरिकावाटै कुक बुक पनि प्रकाशित गरिसकेका छन् त्यो पुस्तक निकै लोकप्रिय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }