बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 646
    SHARES

ललितपुर, २५ फागुन। 
ललितपुर मेयर कप टी–२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो । प्रतियोगिता आयोजनाका लागि क्यानले मंगलबार ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।

टी–२० संरचनामा हुने प्रतियोगितामा ललितपुर मेयर्स–११ सहित पाँच टोलीको सहभागीता हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ । क्यानले अहिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पुरुष मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता गराइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)