बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपिएफलाई


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 441
    SHARES

नेपालगञ्ज ,२५ फागुन।

डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलको चुनौतिलाई समाप्त पार्दै एपिएफले नेपागञ्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ ।

नेपालगञ्ज कभर्डहलमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गरेका छन् । एपिएफले पुलिसलाई २५–२२, २५–२३ र २५–१९ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
उपाधि उचालेको एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । बाँके जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगितामा होङ्गान्जी न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो । न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा नेपाल एपिएफकी सरस्वती सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । सरस्वतीले नगद २५ हजार प्राप्त गरिन् । यस्तै अन्य विधागततर्फ नेपाल पुलिसकी उषा भण्डारी प्रतियोगिताकै उत्कृष्ट स्पाइकर घोषित हुँदा एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर चुनिए । एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक छानिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरे ।

तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोट्र्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)