२६ फागुन, काठमाडौं । ब्राजिलमा कोरोनाको कहर जारी छ । यहाँ पछिल्लो २४ घण्टामा १९७२ संक्रमितको मृत्यु भएको छ । महामारीले एकैदिन मृत्यु भएको यो सबैभन्दा धेरै संख्या हो । यसअघि यसै महिना ३ मार्चमा १८४० जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका ७०, ७६४ नयाँ संक्रमित भेटिएका छन् । यो संसारभरी नै सबैभन्दा धैरै हो । अहिलेसम्म कोरोनाले १.१२ मानिसहरु संक्रमित भइसकेका छन् । ९८.४३ संक्रमित निको भइसकेका छन् र १.६४ लाख व्यक्तिको मृत्यु भएको छ ।
