बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङल्यान्डद्वारा भारत ८ विकेटले पराजित


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २९, २०७७
  • 779
    SHARES

काठमाडौं, २९ फागुन। अहमदाबादः इङ्ल्यान्ड विरुद्धको पहिलो टी२० क्रिकेटमा भारत ८ विकेटले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र बनाएको थियो ।

भारतीय खेलाडीहरु शिखर धवन ४, केएल राहुल १ तथा कप्तान विराट कोहली (०) रनमा आउट भएका थिए । विकेट किपर ब्याट्सम्यान रिषभ पन्तले २१, श्रेयस ऐयरले सर्वाधिक ६७ तथा हार्दिक पान्ड्याले १९ रनको योगदान दिएका थिए ।

त्यस्तै शार्दुल ठाकुर, वासिङटन सुन्दर र अक्षर पटेलले पनि दोहोरो अंक बनाउन सकेका थिएनन् ।

जितका लागि भारतले दिएको १२५ रनको लक्ष्य इङ्ल्यान्डले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । इङ्ल्यान्डका लागि जेसन रोयले ४९, जस बट्लरले २८ र डाविड मलानले २४ र जोनी बेयरस्टोले २६ रन बनाएका थिए ।

यी दुईबीच अहमदाबादमै पाँच वटा टी२० खेल हुँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)